पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय

  • पशुपन्छी तथा मत्स्य विकास सम्बन्धी प्रदेश स्तरीय नीति, ऐन, नियम, मापदण्ड, कार्यविधि आदि कानूनी मस्यौदा तर्जुमा गर्ने।

  • पशुपन्छी तथा मत्स्य विकास सम्बन्धी बजेट तथा कार्यक्रम तर्जूमा गरी स्वीकृतीका लागि माथिल्लो निकायमा पेश गर्ने।

  • पशुपन्छी तथा मत्स्य मुल्य श्रृखला विकास, विस्तार र प्रवर्द्धन गर्ने।

  • जलवायू अनुकुलन सम्बन्धी कार्यहरु गर्ने।

  • पशुपन्छी तथा मत्स्य विकास सम्बन्धी प्रदेश स्तरमा सञ्चालित कार्यक्रमहरुको अनुगमन तथा मुल्याङ्कन गर्ने ।

  • पशुपन्छी तथा मत्स्य क्षेत्रसँग सम्बन्धित विषयमा नियमन गर्ने/गराउने।

  • पशुपन्छी तथा मत्स्य विकास सम्बन्धी प्रदेश स्तरीय तथ्याङ्क र सूचना व्यवस्थापन, अभिलेखीकरण तथा सम्प्रेषण गर्ने।

  • प्रदेश स्तरमा आइपर्ने प्राकृतिक प्रकोप तथा विपद् व्यवस्थापन र पशुपन्छी तथा माछाको महामारी रोग नियन्त्रण गर्ने/गराउने तथा आवश्यकता अनुसार संघ तथा अन्य प्रदेशसँग समन्वय गर्ने।

  • महामारी, विपद् व्यवस्थापन र रोग नियन्त्रणका लागि आवस्यक ‌औषधी, खोप तथा नियन्त्रण उपकरण/सामग्रीको वफर स्टक व्यवस्थापन गर्ने।

  • पशुपन्छी तथा मत्स्य विकास सम्बन्धी प्रदेश स्तरीय कार्यक्रम सञ्चालन गर्दा संघीय तथा स्थानीय तहका पशुपन्छी तथा मत्स्य विकाससँग सम्बन्धित निकाय वा शाखासँग समन्वय तथा सहकार्य गर्ने।

  • पशु सेवा प्रसारको लागि प्रादेशिक मापदण्ड तर्जुमा गर्ने।

  • प्रचलित कानून बमोजिम पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय तथा मातहतको प्राविधिक, प्रशासनिक तथा आर्थिक व्यवस्थापन सम्बन्धी कार्य गर्ने।

  • अनुसन्धान केन्द्र, निकायहरुसँग आवस्यक समन्वय गर्ने।

  • सम्बन्धीत प्रादेशिक तालुक निकायहरु लगायत संघीय र स्थानीय तहहरुबाट प्राप्त परिपत्र निर्देशन एवं राय सुझावहरुको कार्यान्वयन गर्ने र मातहतका निकायहरुलाई समेत कार्यान्वयन गर्न गराउन आवश्यक निर्देशन दिने ।

  • मातहतका निकायहरुलाई प्राविधिक, आर्थिक प्रशासन लगायतका कार्यालयहरुसंग सम्बन्धीत विषयहरुमा अवश्यकतानुसार निर्देशन दिने ।

  • मातहतका निकायका कर्मचारीहरुको कार्य सम्पादनको मुल्याङ्कन गर्ने, कार्यालय प्रमुखहरुको काज एवं भैपरी बाहेकको विदाहरु स्विकृत गर्ने ।

  • मातहतका कार्यालयहरुको कार्यक्षेत्र भित्रका सेवाग्राहीहरुबाट सम्बन्धीत कार्यालयहरुबाट प्रवाह भएको सेवा सम्बन्धमा गुनासो प्राप्त हुन आएमा सो को छानविन गरी सम्बन्धीत निकायलाई निर्देशन दिने ।

  • मातहतका कार्यालय अन्तर्गतका राजपत्र अनंकित प्राविधिक/अप्राविधिक कर्मचारीहरुको प्रचलित कानून अनुसार काज/पदस्थापना/सरुवा गर्ने ।

  • मातहतका कार्यालयका कार्यालय प्रमुखहरुलाइ कार्य सम्पादन सम्झैता गराइ लक्षित कार्य प्रगति प्रति जिम्मेवार गराउने।नीजका का ‌स मु लाइ कार्य सम्पादन सम्झाताका प्रगतिसँग आबद्द गराउने प्रक्रियाका विकाश गर्ने।

 

१.१ पशुपन्छी उत्पादन तथा बजार प्रवर्द्धन शाखा

  • प्रदेश तहमा संचालित पशुपन्छी उत्पादन तथा प्रवर्द्धन सम्बन्धी विभिन्न कार्यक्रमहरुको योजना तर्जुमा, कार्यान्वयन तथा अनुगमन गर्ने/गराउने ।

  • पशुपन्छी उत्पादन तथा व्यवसाय प्रबर्धन सम्बन्धी प्रदेश स्तरीय नीति, एन, नियम, मापदण्ड, कार्यविधि अदिको मस्यौदा तर्जुमा गर्ने।

  • प्रदेश स्तरमा पशुपन्छी उत्पादन तथा व्यवसाय प्रबर्धन सम्बन्धी कार्यक्रम सञ्चालन गर्दा अवश्यकता अनुसार संघीय तथा स्थानीय तहका पशुपन्छीसँग सम्बन्धित निकाय वा शाखासँग समन्वय गर्ने।

  • भौतिक पूर्वाधार (सडक, संचार, बिद्युत र वजार) विकास भएका जिल्ला वा स्थानीय तहमा संभाव्यताको आधारमा व्यवसायिक पशुपन्छी विकास कार्यक्रमहरु संचालन गर्ने/गराउने।

  • प्रदेशस्तरमा प्राकृतिक तथा कृत्रिम गर्भाधान मार्फत पशुपन्छीको नश्ल सुधार सम्वन्धी कार्य गर्न सहयोग/सहकार्य गर्ने।

  • पशुपन्छीको आनुवांशिकी श्रोत पहिचान, संरक्षण तथा उपयोग सम्बन्धी कार्य गर्ने/गराउने।

  • पशुपन्छी उत्पादन तथा बजार सम्वन्धी प्रदेश स्तरको तथ्याङ्क व्यवस्थापन गर्ने/गराउने।

  • प्रदेश स्तरमा पशुपन्छी उत्पादन तथा बजार सम्वन्धी अध्ययन, अनुसन्धान, विकास र विस्तार गर्ने/गराउने।

  • पशुपोषणमा सुधार ल्याउन चरनखर्कको विकास तथा घाँसेवाली प्रवर्द्धन सम्बन्धी कार्य गर्ने/गराउने।

  • पशुपन्छी तथा घाँसेवालीको स्रोत केन्द्रको विकास तथा विस्तार कार्यमा सहजीकरण गर्ने/गराउने।

  • पशुपन्छी उत्पादन तथा बजार प्रबर्द्धनका लागि कार्यरत सहकारी संघ/संस्था र अन्य सरोकारवालाहरुसँग समन्वय सहकार्य गर्ने ।

  • पशु आहार/पोषणमा प्रयोग हुने कृषिजन्य उप-पदार्थहरुको उपयोग सम्बन्धी कार्य गर्ने/गराउने।

  • प्रदेश स्तरमा पशुपन्छीजन्य उद्योग व्यवसायको विकास तथा प्रवर्धन गर्ने/गराउने।

  • प्रदेश स्तरमा नश्ल सम्बन्धी गुणस्तर निर्धारण र नियमन गर्ने/गराउने।

  • पशुपन्छी कर्जा तथा बीमा सहजीकरण एवम् प्रवर्धन गर्ने/गराउने।

  • प्रदेश अन्तर्गत सञ्चालन हुने पशु सेवाका कार्यक्रमहरुमा सरकारी तथा गैर सरकारी क्षेत्रसँग सहकार्य गर्ने/गराउने।

  • स्वच्छ, स्वस्थ एवम् गुणस्तरीय पशुपन्छी तथा पशुपन्छीजन्य पदार्थको उत्पादन, प्रशोधन, भण्डारण, विक्री वितरण र उपभोग प्रवर्द्धनार्थ सचेतना अभिवृद्धी गर्ने/गराउने।

  • पशुपन्छी तथा मत्स्य व्यवसायसंग सम्बन्धित वातावरण संरक्षण सम्बन्धी प्रचलित नियम कानूनहरुको कार्यान्वयन गर्ने/गराउने।

 

१.२ पशुपन्छी स्वास्थ्य, इपिडिमियोलोजी तथा नियमन शाखा

  • पशुपन्छी स्वास्थ्य सम्बन्धी प्रदेश स्तरीय नीति, ऐन, नियम, मापदण्ड, कार्यविधी आदीको मस्यौदा तर्जुमा गर्ने।

  • प्रदेश स्तरमा सञ्चालित पशुपन्छी स्वास्थ्य सम्बन्धी विभिन्न कार्यक्रमहरुको योजना तर्जूमा, कार्यान्वयन तथा अनुगमन गर्ने/गराउने।

  • प्रदेशस्तरमा पशुपन्छी स्वास्थ्य सम्बन्धी कार्यक्रमहरु सञ्चालन गर्दा अवश्यकता अनुसार संघीय तथा स्थानीय तहका पशुपन्छीसँग सम्बन्धीत निकाय वा शाखासँग समन्वय गर्ने ।

  • जनस्वास्थ्यसँग सम्वन्धित तथा आर्थिक दृष्टिले महत्वपुर्ण सीमाविहिन पशुपन्छीको रोग सर्भिलेन्स, अन्वेषण, नियन्त्रण तथा अन्वेषण गर्ने।

  • जुनोटिक रोगहरुको सर्भिलेन्स, अन्वेषण नियन्त्रण तथा उन्मूलन गर्ने कार्यक्रम तर्जुमा गरी लागू गर्ने/गराउने।

  • प्रतिजैविकी प्रतिरोध न्यूनीकरण लगायतका एक-स्वास्थ्यसँग सम्बन्धीत आवस्यक कार्य गर्ने/गराउने र एक स्वास्थ्यको लागि पशु स्वास्थ्य तर्फको आधिकारीक प्रादेशिक प्राविधिक निकायको रुपमा कार्य गर्ने।

  • प्रदेश तहको पशु चिकित्सा सेवा संचालन तथा नियमन गर्ने।

  • पशुपन्छीपालनमा प्रयोग हुने उत्पादन सामग्रीहरु (औषधी, जैविक पदार्थ, हर्मोन, विषादी), पशु पोल्ट्री ह्याचरी लगायत पशुजन्य उद्योगको प्रचलित कानून बमोजिम गुणस्तर नियमन गर्ने/गराउने।

  • पशुपन्छीजन्य महामारी एवं प्रकोप लगायतका बिपद् व्यवस्थापन गर्ने।

  • महामारी, बिपद् व्यवस्थापन र रोग नियन्त्रणका लागि आवश्यक औषधी, खोप तथा नियन्त्रण उपकरण/सामग्रीको बफर स्टक (मौज्दात) व्यवस्थापन गर्ने।

  • संघीय सरकारबाट सञ्चलित राष्ट्रिय रोग नियन्त्रण कार्यक्रमलाई प्रदेशस्तरमा कार्यान्वयन गर्न/गराउन अवश्यक कार्य गर्ने।

  • प्रदेशस्तरमा कार्यान्वनका लागि पशुपन्छीका रोगहरुको अन्वेषण, नियन्त्रण, रोकथाम  तथा उन्मूलनको कार्ययोजना (कन्टिन्जेन्सी प्लान) तयार गरी लागू गर्ने।

  • नेपाल कृषि अनुसन्धान परिषद् लगायत अन्य अनुसन्धान संघ/संस्थाहरुसँग समन्वय गरी समन्वयात्मक पशु स्वास्थ्य अन्वेषण तथा अनुसन्धानमा सहभागी हुने।

  • प्रादेशिक पशु रोग तथा अवस्थिति सम्बन्धि सूचना प्रणाली व्यवस्थापन गर्ने।

  • पशु कल्याण सम्बन्धी आवश्यक कार्य गर्ने/गराउने।

  • नेपाल पक्ष राष्ट्र रहेको विश्व पशु स्वास्थ्य संगठन लगायतका अन्तराष्ट्रिय तथा क्षेत्रिय संगठनमा पशुपन्छी (वन्यजन्तु समेत), माछा, मौरी रोग तथा अवस्थाको रिपोर्टीङ्गका लागि प्रादेसिक विवरण तयार पारी संघमा रिपोर्टिङ गर्ने।

  • प्रदेशस्तरमा पशु रोगको जोखिम विश्लेषण गर्नै।

 

१.३ मत्स्य विकास शाखा

  • मत्स्य विकास सम्बन्धी प्रदेश स्तरीय नीति, एन, नियम, मापदण्ड, कार्यविधी आदीको मस्यौदा तर्जुमा गर्ने।

  • प्रदेश तहमा सञ्चालित मत्स्य विकास सम्बन्धी विभिन्न कार्यक्रमहरुको योजना तर्जूमा, कार्यान्वयन तथा अनुगमन गर्ने/गराउने।

  • प्रदेश स्तरमा मत्स्य विकास सम्बन्धी कार्यक्रमहरु सञ्चालन गर्दा अवश्यकता अनुसार संघीय तथा स्थानीय तहका पशुपन्छी तथा मत्स्यसँग सम्बन्धीत निकाय वा शाखासँग समन्वय गर्ने।

  • मत्स्य अनुवांशिक श्रोत पहिचान, संरक्षण तथा उपयोग सम्बन्धी कार्य गर्ने।

  • मत्स्य नश्ल सुधार सम्बन्धी कार्य गर्ने/गराउने।

  • प्रदेशस्तरमा सञ्चालित सरकारी एवं निजी मत्स्य ह्याचरी तथा नर्सरीहरु लगायतका मत्स्य सम्बन्धी अन्य तथ्याङ्कहरुको संकलन, विश्लेषण, व्यवस्थापन तथा सम्प्रेषण गर्ने/गराउने ।

  • प्रदेशस्तरमा प्राकृतिक जलाशयहरु (नदी-नाला, खोला, रिजर्भ्वायर ताल, घोल एवं सीमसार क्षेत्र आदीमा) मत्स्यपालन संभाव्यता अध्ययन/सर्वेक्षण सम्बन्धी कार्य गर्ने/गराउने।

  • प्रचलित कानून बमोजिम प्रदेशस्तरमा प्राकृतिक जलाशयमा जलीय जैविक विविधता कायम राख्दै प्राकृतिक उत्पादन वृद्धि गर्न आवश्यक कार्य गर्ने/गराउने।

  • प्रदेशस्तरमा प्राकृतिक जलाशयमा उत्पादन हुने मत्स्य तथा अन्य जलीय उत्पादनमा आश्रित समुदायको सामाजिक/आर्थिक पक्षलाई सम्वोधन गर्न आवश्यक कार्य गर्ने/गराउने।

  • प्रदेशस्तरमा मत्स्य विकाससँग सम्वन्धित संघ/संस्था लगायतका सरोकारवाला बीच समन्वय सम्वन्धी कार्य गर्ने।

  • प्रदेशस्तरमा माछा तथा जलीय जीवपालन/व्यवस्थापनसँग सम्बन्धी नविनतम प्रविधिहरुको विकास तथा विस्तार सम्वन्धी कार्य गर्ने/गराउने।

  • प्रदेशस्तरमा माछा तथा जलीय जीवजन्य उत्पादनको पोष्टहार्भेष्ट तथा बजार व्यवस्थापन सम्बन्धी कार्य गर्ने/गराउने।

  • प्रदेशस्तरमा चिसो तथा न्यानो पानीमा मत्स्य पालन सम्बन्धी कार्य गर्ने/गराउने।

  • मत्स्य विकासका विविध क्षेत्रहरुमा आवश्यकता अनुसार अध्ययन, अनुसन्धान लगायतका कार्य गर्ने/गराउने।

  • गुणस्तरीय मत्स्य उत्पादन, वितरण एवं प्रशोधन व्यवस्थापन सम्बन्धी नियमन कार्य गर्ने/गराउने।

  • प्रदेशस्तरमा मत्स्य रोग नियन्त्रण सम्बन्धी कार्य गर्ने/गराउने।

 

१.४ प्रशासन शाखा

  • पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयको कर्मचारी प्रशासन सम्बन्धी कार्य गर्ने।

  • पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयको जिन्सी तथा स्टोर व्यवस्थापन लगायत प्रशासनिक कार्यहरु संचालन गर्ने।

  • पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयको लेखा तथा श्रेस्ता व्यवस्थापन सम्बन्धी कार्य गर्ने ।

  • पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय तथा अन्तर्गतको निकायको जनशक्ति व्यवस्थापन सम्बन्धी अन्य कार्य गर्ने।

  • सम्बन्धीत प्रादेशिक तालुक निकायहरु लगायत संघीय र स्थानीय तहहरुबाट प्राप्त परिपत्र निर्देशन एवं राय सुझावहरुको कार्यान्वयन गर्ने र मातहतका निकायहरुलाई समेत कार्यान्वयन गर्न गराउन आवश्यक निर्देशन दिने ।

  • मातहतका निकायहरुलाई प्राविधिक, आर्थिक प्रशासन लगायतका कार्यालयहरुसंग सम्बन्धीत विषयहरुमा अवश्यकतानुसार निर्देशन दिने ।

  • मातहतका निकायका कर्मचारीहरुको कार्य सम्पादनको मुल्याङ्कन गर्ने, कार्यालय प्रमुखहरुको काज एवं भैपरी बाहेकको विदाहरु स्विकृत गर्ने ।

  • मातहतका कार्यालयहरुको कार्यक्षेत्र भित्रका सेवाग्राहीहरुबाट सम्बन्धीत कार्यालयहरुबाट प्रवाह भएको सेवा सम्बन्धमा गुनासो प्राप्त हुन आएमा सो को छानविन गरी सम्बन्धीत निकायलाई निर्देशन दिने ।

  • मातहतका कार्यालय अन्तर्गतका राजपत्र अनंकित प्राविधिक/अप्राविधिक कर्मचारीहरुको प्रचलित कानून अनुसार काज/पदस्थापना/सरुवा गर्ने ।

  • मातहतका कार्यालयका कार्यालय प्रमुखहरुलाई कार्य सम्पादन सम्झौता गराई लक्षित कार्य प्रगति प्रति जिम्मेवार गराउने।नीजका कार्य सम्पादन मुल्याङ्कनलाई कार्य सम्पादन सम्झौताका प्रगतिसँग आबद्द गराउने प्रक्रियाका विकाश गर्ने।