प्रदेश सरकार, भुमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, बागमती प्रदेश अन्तर्गतको यो पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयको स्थापना २०७५ साल कार्तिक १५ गते भई हेटौडाको चाईनागेट भित्र साविक कृषि विकास कार्यालय, मकवानपुरको परिसर भित्र अवस्थित छ।बागमती प्रदेशका १३ वटा जिल्लाहरुमा यस निर्देशनालय अन्तर्गतका ८ वटा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रहरु, २ वटा मत्स्य विकास केन्द्रहरु, १ वटा बाख्रा विकास फार्म र १ वटा पशु सेवा तालिम केन्द्र गरी १२ वटा कार्यालयहरु माफर्त प्रदेश सरकारका पशुपन्छी तथा मत्स्य सम्बन्धी योजनाहरु कार्यान्वयन भईरहेको छ। भौगोलिक हिसावले यो प्रदेश पशुपन्छी...